विद्युतीय अपराधप्रति सचेत हुन अनुरोध
नेपाल प्रहरीको साइबर ब्युरोले कानूनविपरीत हुने अश्लिल भिडियोलगायतका सामग्री बनाउने, प्रसारण गर्ने गरेका घटना बढ्न थालेको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ । इन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी समाजिक सञ्जालमा अशोभनीय, अमार्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लिल तस्बिर, श्रव्यदृष्य प्रशारण गरी विद्युतीय कारोवार ऐन, २०६३ विपरीत हुने कार्य देखिएको भन्दै ब्युरोले सूचना जारी गरी सावधानी अपनाउन अनुरोध गरेको छ । ब्युरोले हाल प्राप्त सूचना, उजुरीमाथि कतिपय घटनामा कारवाहीसमेत गरिएको र कतिपय अनुसन्धानका क्रममा रहेको जनाएको छ ।
अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा सही निकाय र माध्यमको छनोट नगरी पुनःतिनै भिडियो एवं सामग्रीलाई प्रदर्शन गर्दा पीडितलाई झन पीडा थपिने र गोपनीयता संरक्षणका कानूनी प्रावधानविपरीत हुने भन्दै ब्युरोले त्यस्ता गतिविधि नगर्न पनि सचेत गराएको छ ।
त्यस्ता कार्य भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा सम्पर्क गरी जानकारी दिनसमेत भनिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस