फरार प्रतिवादी पक्राउ
ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका १० बस्ने सिन्धुपाल्चोक बाँसबारी– ६ का ३१ वर्षीय अमीर भन्ने अम्बिर लामालाई आज प्रहरीले पक्राउ गरेको छ ।
उनीमाथि काठमाडौँ बस्दै आएका काभ्रेपलाञ्चोकका १९ वर्षीय एक युवकलाई विसं २०६५ पुस २४ गते खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेको आरोप छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले आज टेकुबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस