नवलपुरमा धान उत्पादनमा कमी
नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । यस वर्ष नवलपुुरमा ८९ हजार ७७९ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यस जिल्लामा ९२ हजार ३९१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यो दुई हजार ६१२ मेट्रिक टनले कमी हो । कृषि ज्ञान केन्द्र तनहुँका समयमै धान रोपिए पनि उत्पादनमा कमी आएको हो ।
यहाँ गत वर्षभन्दा यस वर्ष बढी क्षेत्रफलमा धान रोपाइँ भएको थियो । ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मोहन प्रकाश श्रेष्ठका अनुसार यस वर्ष धान पसाउने बेला रासायनिक मलको अभाव तथा धानमा विभिन्न रोग लागेकाले उत्पादनमा कमी आएको हो ।
गत वर्ष २० हजार ३२५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष २१ हजार ९५१ हेक्टरमा धान रापाइँ भएको थियो । गत वर्ष प्रतिहेक्टर ४ दशमलव ५५ मेट्रिक टन धान उत्पादन भएको नवलपुरमा प्रतिहेक्टर ४ दशमलव ०९ मेट्रिक टन मात्रै धान उत्पादन भएको श्रेष्ठले जानकारी दिनुभयो ।
यस वर्ष किसानले धान पसाउने समयमा रासायनिक मल पाउन सकेका थिएनन् भने पसाएको धानमासमेत राते, गबारो, पोकेलगायतका विभिन्न रोग लागेको थियो । धान स्याहार्ने बेलामा धानमा पोगटा मात्रै भएको किसानको गुनासो छ । यस वर्ष धान उत्पादनमा कमी आएको किसानको भनाइ छ ।
तल्लो क्षेत्रमा उन्नत जातका सावा, सावित्री, हाईब्रिड गोरखनाथ जातको धानखेती हुँदै आएको छ । पहाडी क्षेत्रमा पनि उन्नत जातका सावित्री, सावा र स्थानीय जातको झिनुवा, अनदीलगायत धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र सम्पर्क इकाई कार्यालय कावासोतीका प्रमुख मीरा चौधरीले बताउनुभयो ।
जिल्लाका किसानले लगाएको धान समर्थन मूल्यमा किनबेचका लागि प्रक्रियामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपरासी पूर्वका प्रमुख विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । सहकारीलाई खरिद गर्न आवेदन खुला गरिएको भए पनि अहिलेसम्म कुनै निवेदन नदिएको शर्माको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस