नूनको गुणस्तर अनुगमन
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा आयोडिनयुक्त नून आपूर्ति गर्ने संस्था साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड धनागढ़ीले भारतबाट आयात गरी धनगढीमा रहेको प्रशोधन युनिटबाट प्याकिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने नूनको गुणस्तरको अनुगमन गरेको छ ।
आयात प्रक्रिया, प्रशोधन प्रक्रिया, भण्डारण र बिक्री वितरण प्रक्रियालगायत नूनको गुणस्तर नियन्त्रण प्रक्रिया सम्बन्धमा स्थलगत अनुगमन गरेको हो । कर्पोरेशनको प्रशोधन केन्द्र, गोदाम, धनगढी बजारमा नूनको १० वटा नमूना सङ्कलन गरी नूनमा सोडियम क्लोराइडको मात्रा र आयोडिनको मात्राको प्रयोगशाला परीक्षण गरी अनुगमन प्रतिवेदन र प्रयोगशाला प्रतिवेदन विभागमा पेश गरिएको जनाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस