• जीवनशैली | Jiwanshaili
  • १५ वर्षीय बालक बेपत्ता


    एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–१ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट रहेका छन् । बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनि हिँडेका छोरा बेपत्ता अवस्थामै रहेका विवेकका बुबा देवदत्त भट्टले बताउनुुभयो ।

    एकमात्र छोरा विवेक बेपत्ता भएपछि घरपरिवारका सदस्य चिन्तित बनेका उहाँले बताउनुुभयो । बेपत्ता रहेका विवेकले बिहीबार बिहान ९८६४७५६८५५ नम्बरबाट फोन गरेर आफू धनगढीमा रहेको बताएका थिए । गाडी लाइनमा जागिर लगाइदिने भन्दै विवेकले आफूलगायत अन्य सात÷आठजनालाई धनगढी लगिएको फोनमार्फत भनेको बुबा देवदत्तले बताउनुुभयो । विवेकले त्यति मात्रै भनेर फोन काटेकाले जागिर लगाईदिने मान्छे को रहेछ भन्ने खुल्न सकेको छैन ।

    विवेकले फोन गरेको मोबाइल अहिले स्वीच अफ गरिएको छ । बेपत्ता छोरा खोजी गरिदिन प्रहरीचौकी गुरुखोलामा निवेदन दिएका छन् । प्रहरीले बालकको खोजी कार्य जारी रहेको बताएको छ । बेपत्ता बालकको धनगढीलगायत स्थानमा खोजी कार्य भइरहेको गुरुखोला प्रहरी चौकीका इञ्चार्ज, प्रहरी नायब निरीक्षक सुरेन्द्रदेव भट्टले बताउनुुभयो ।

    गहुँगोरो वर्ण, ४ फिट उचाइ भएको, कपालमा रातो मेहन्दी, खैरो ज्याकेट, जिनको पाइन्ट र लेदरको जुत्ता लगाएको विवेकलाई फेला पार्ने व्यक्तिले नजिकैको प्रहरीचौकी वा ९८६५८१३३६६ मा सम्कर्क गरिदिन अनुरोध गरिएको छ । बेपत्ता बालक दशरथचन्द नगरपालिका– १ गुरुखोलामा रहेको मणिलेक मावि गुुरुखोलामा कक्षा ९ मा अध्ययनरत थिए


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार