मालपोतका कर्मचारी पक्राउ
पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु १० हजार घुस दिएको भिडियो खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेको आरोप छ ।
सो घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखालगायतले भत्र्सना गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका थिए । यसैगरी बिहीबार मालपोत कार्यालयका प्रमुख तारानाथ दङ्गालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानबिन गर्न विज्ञप्तिमार्फत आग्रह गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस