स्वास्थ्य सामग्री वितरण
राजविराज कारागारमा रहेका बन्दी, प्रहरी र कर्मचारीका लागि राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरेको छ ।
जेसिज सप्ताहका अवसरमा नेपाल जेसिजका पूर्वकार्यकारिणी उपाध्यक्ष शङ्कर शारदा र राजविराज जेसिजका अध्यक्ष पुनम पोखरेलले कारागारका निमित्त प्रमुख सञ्जयकुमार रामलाई आज आयोजित कार्यक्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।
कारागारमा एक आश्रित बालक र १७ महिलासहित ३७० बन्दी रहेका जनाइएको छ । हस्तान्तरण गरिएको सामग्रीमा १० लिटर स्यानेटाइजर, चार कार्टुन मास्क र चालीस पोका सेनेटरी प्याड रहेको कार्यक्रम संयोजक सिद्धार्थ तातेडले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस