बिना खनजोत गहुँखेती
प्रविधिको प्रयोगबाट चितवनमा बिना खनजोत गहुँखेती गर्न शुरु गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनको सहयोगमा भरतपुर महानगरपालिका–५ मा करिब ८० बिघा जमिन बिना खनजोत गहुँखेती शुरु गरिएको हो ।
जिरो टिलेज मेसिनको प्रयोग गरी गहुँखेती गरिएको कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत एवं बिना खनजोत गहुँखेती प्रविधिका फोकल पर्सन उमराज अर्यालले जानकारी दिनुभयो । चितवनमा प्रविधि पहिल्यै भित्रिसकेको भए पनि यो प्रविधिबाट गहुँखेती पहिलोपटक गरिएको उहाँले बताउनुभयो । चितवनमा धान ढिलो पाक्ने र कृषकलाई पनि पटकपटक खनजोत गर्दा थप समय लाग्ने हुँदा कम लागत र राम्रो उत्पादन हुने भएकाले बिना खनजोत गहँुखेती प्रभावकारी हुने अर्यालको भनाइ छ ।
बिना खनजोत गहुँखेती गर्ने प्रविधिका लागि प्रदेश सरकारले रु २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि यो कार्यक्रम सञ्चालनमा छ । भरतपुरको कैलाश कृषक समूहका अध्यक्ष नीलविक्रम मल्लले भरतपुर–५ मा ८० बिघामा गहुँखेती गर्ने योजनाअनुरुप काम भइरहेको बताउनुभयो । यस वर्ष विभिन्न कारणले ढिलाइ भएकाले बिहीबार सरोकारवालाको उपस्थितिमा नमूना प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।
“कृषकहरु उत्साहित हुनुहुन्छ, अर्को वर्षदेखि सिँचाइ भएको ठाउँमा यही प्रविधिबाट गहुँखेती गर्ने सोचेका छौँ”, उहाँले भन्नुभयो । यो प्रविधिबाट खेती गर्दा खनजोत गर्न नपर्ने,
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस