अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ
सल्यान- सल्यानमा एक जना जनप्रतिनिधिले नै तेस्रो बिवाह गरेको खुलेपछि पक्राउ गरिएको छ । अर्काको श्रीमती भगाएर तेस्रो बिहे गर्ने सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाईलाई प्रहरीले शुक्रवार साँझ जयतपानी बजारबाट पक्राउ गरेकाे हो।
सोही वडाका स्थानीयवासीले वडाध्यक्षले तेस्रो बिहे गरेको भन्दै प्रहरीमा बहुविवाहको जाहेरी दिएका थिए । स्थानीयकै उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार वडाध्यक्षसँगै उनले बिहे गरेकी ग्वामी विष्टलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । कुमाईका यसअघि नै दुई श्रीमती छन् । उनीहरुबाट चार जना छोराछोरी छन् । उनीविरुद्ध संयुक्त रुपमा पाँच जना स्थानीयले जाहेरी दर्ता गराएका थिए ।
वडाध्यक्षले नै तेस्रो बिहे गर्दा पनि कानुनी कारबाही नगरेको भन्दै यसअघि स्थानीयले चर्को विरोध गर्दै आएका थिए । स्थानीयको चर्को बिरोधपछि प्रहरीले उनीहरु दुवै जनालाई हिरासतमा लिएको हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस