काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ।
गएराति करिब पौने १० बजे बा६१प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट ७० वर्षीय लोकनाथ धितालको मृत्यु भएको हो। उनी आलोकनगरमा बस्दै आएका थिए। सडक पार गर्दै गर्दा उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका धितालको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मोटरसाइकल चालकलाई पक्राउ गरिसकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस