भारतमा पाँच सन्तानकी आमालाई १७ जनाले गरे जबर्जस्ती करणी
भारतको झारखन्डको दुमका जिल्लाको मुफ्फसिल थाना क्षेत्रको एउटा गाउँमा ५ सन्तानकी आमालाई १७ जनाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। सो घटना हुँदा आरोपितहरूले महिलाका श्रीमानलाई बाँधेर बलात्कार गरेको खुलेको छ। सो घटना सार्वजनिक भएलगत्तै प्रहरीले जाँच सुरू गरेको र फरार आरोपितहरूको खोजी भइरहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।
जानकारीका अनुसार पीडित महिलाका श्रीमानले बताए कि गाउँमा हरेक मंगलबारका दिन बजार लाग्ने गरेको छ। उनी राती करीब आठ बजे श्रीमतीसँगै बाजारबाट घर आउँदै थिए। बाटोमा नशामा धुत रहेका १७ जना पुरुषले उनलाई समातेर बन्धक बनाए। साथै उनको श्रीमतीसँग सामूहिक बलात्कार गरेको श्रीमानले बताए। घटनापश्चात् सो घटनाबारे कसैलाई भने मार्ने धमकी समेत दिएको उनले बताएका छन्।
क्याटेगोरी : प्रवास, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस