बुडुवा खोलामा पुल निर्माण शुरु
दमौली- भीमाद नगरपालिका–३ स्थित बुडुवा खोलामा पुल निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् उक्त ठाउँमा पुल निर्माण गरिन लागेको हो । पुल निर्माणका लागि विसं २०७७ साउन २८ गते गणेशकुण्ड/निर्माण सेवा नुवाकोटसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए ।
रु दुई करोड पाँच लाख ५७ हजार १४४ मा ठेक्का सम्झौता भएको उक्त पुल विसं २०७८ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । पुल १९.८ मिटर लामो हुनेछ ।
उक्त ठाउँमा पुल नहुँदा वर्षायाममा सर्वसाधारणलाई सास्ती हुँदै आएको स्थानीयवासी पदम ठकुरीले जानकारी दिए । उनका अनुसार यसै क्षेत्रबाट निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको पहलमा यहाँ पुल निर्माण शुरु गरिएको हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस