• जीवनशैली | Jiwanshaili
  • बाल सुधारगृहमा पठाइयो हत्या आरोपित बालकलाई


    वाग्मती- चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो ।

    वाग्मती गाउँपालिका–७ स्थित लामिटारका शेरबहादुर पाख्रिनकी चार वर्षीया छोरी रुबिनाको यही मङ्सिर ३ गते हत्या भएको थियो । बालिकालाई बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । बालिकाको हत्याको आरोपमा ती बालकलाई मङ्सिर ४ गते प्रहरीले पक्राउ गरेको थियो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार