रोकि राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
देउखुरी- दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्वरको ट्रकको पछाडि ठोक्किँदा राप्ती गाउँपालिका –७ निवासी २७ वर्षीय अनिल चौधरीको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
घाइते चौधरीको स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि लमही ल्याइँदै गर्दा बाटामै मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख भुवन भट्टले जानकारी दिए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस