जन्तीको गाडी दुर्घटना हुँदा एकको मृत्यु
जलेश्वर- महोत्तरीको मनरासिस्वा नगरपालिका–६ स्थित जलेश्वर–बर्दिवास भित्री सडकखण्डअन्तर्गत आज जन्तीको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा भारत विहार राज्य सीतामढी जिल्ला ग्रामपञ्चायत मुढा घर भई जन्ती आएका ३५ वर्षीय राजेश सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।
सर्लाहीको बलरा नगरपालिका–९ छतौना गाउँका ललन सिंहको छोरा धीरज सिंह र मनरासिस्वा नगरपालिका–६ का हरिविष्णु सिंहको छोरी पुनिता सिंहको विवाहमा जन्ती भएर आएका राजेशले चढेको बीआर०५पी २०२२ नम्बरको जीप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापश्चात् गाडी चालक फरार भएका छन् भने शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस