अवैध औषधिसहित ८ जना पक्राउ
चितवन- जिल्ला प्रहरी कार्यालयले अवैध औषधिसहित ८ जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २८ वर्षीय राजकुमार महतो, सोही नपा वडा नं ३ का ३१ वर्षीय हरिशरण चौधरी, माडी नगरपालिका–३ का २२ वर्षीय बालकृष्ण महतो र मिलन महतो, मकवानपुरगढी गाउँपालिका–८ का २५ वर्षीय सुरज गौतम, सोही गापा वडा नं ३ का २३ वर्षीय प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका–५ का २५ वर्षीय उज्वल पोख्रेल र २३ का २३ वर्षीय बिपिन सापकोटा रहेका छन् ।
माडी नगरपालिका–९ सोमेश्वरमा ठोरीबाट माडीतर्फ ल्याउँदै गरिएको ना४ख ४४२५ नंको गाडीबाट अवैध औषधिसहित उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार बरामद भएको अैषधिको मूल्य अनुमानित रु २१ लाख १० हजार ५३२ छ । माडीमा नै बेवारिसे अवस्थामा रु नौ लाख ९५ हजार १०० बराबरको औषधि बरामद भएको छ । वगही खोलाको किनारको झाडीमा बेवारिसे अवस्थामा औषधि भेटिएको गुरुङले जानकारी दिए ।
औषधि व्यवस्था विभागबाट बिक्री वितरणका लागि अनुमति नपाएका औषधिहरु लुकाएर ल्याउने गरेको पाइएको उनले बताए । बाथरोग, क्याल्सियम कमी भएका र पेटसम्बन्धी समस्या भएका बिरामीले प्रयोग गर्न सक्ने ती औषधि नेटवर्र्किङ व्यवसायको प्रयोजनका लागि ल्याइएको हुन सक्ने उनले जानकारी दिए ।
गैरकानूनीरुपमा औषधि नेपाल भित्र्याउने उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाइने गुरुङले बताए । अवैध कारोबारका लागि माडी–ठोरी नाका प्रयोग हुँदै आएको भन्ने सूचनाका आधारमा चेकजाँचका क्रममा उनीहरुलाई मङ्गलबार बिहान पक्राउ गरिएको हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस