ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
बैतडी- बैतडीमा आज ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मोती बमले जानकारी दिए ।
सु प प्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण्डको घोडेधारमा दुर्घटनामा परेको हो । सिल्लेगडाबाट सरिया सिमन्ट बोकेर कुकुडेपानीतर्फ जाँदै गरेको ट्याक्टर तुसारो परेको सडकबाट चिप्लेको खोचलेक प्रहरी चौकीले जनाएको छ । उक्त ट्याक्टरमा अन्य चार जना पनि सवार रहेका भए पनि उनीहरु सकुशल रहेका प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । ट्याक्टर सडकमै पल्टेको हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस