लागुऔषध मुद्दाका दोषी कारागार चलान
काठमाडौं- लागुऔषध मुद्दामा कैद सजायको फैसला भई फरार एक व्यक्तिलाई आज जेल चलान गरिएको छ ।
उच्च अदालत पाटनको विसं २०६३ को फैसलाले पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने ठहर भई फरार हुँदै आएका काठमाडौँ महानगरपालिका–१६ बस्ने कृष्णभक्त श्रेष्ठलाई आज कारागार चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
ब्यूरोको टोलीले बुधबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा आजै अदालतले जेल चलान गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । पछिल्लो समयमा ब्यूरोले फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको खोज तलासलाई तीव्रता दिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस