आँपको बगैँचामा पाँच वर्षीय बालकको शव फेला
राजविराज- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित आँपको बगैँचामा छोपिएको अवस्थामा एक बालक आज मृत भेटिएका छन् ।
स्थानीयवासी रोहित मुखियाका पाँच वर्षीय छोरा आनन्दको शव छोपिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । खेल्न निस्केका बालक घर नफर्किएपछि बिहीबार वेलुका ९ बजेतिर प्रहरीमा खबर गरिएको थियो ।
प्रहरी नायब उपरीक्षक साहका अनुसार ट्रयाक्टरले किचेर बालकको मृत्यु भएपछि चालकले शव आँपको बाँगैचाको पातले छोपेर लुकाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स १ त ७७५२ नम्बरको ट्रयाक्टरले बालकलाई किचेर मारेको प्रहरीले जनाएको छ । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको राजविराज नगरपालिका वडा नं १६ बोरियामा आज आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । स्थानीयवासी ८५ वर्षीय झलाही यादवको गोठमा सुतेको अवस्थामा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो ।
गोठमा आगलागी हुँदा सोही गोठमा सुतिरहेका यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । राजविराजबाट गएको बारुण यन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सो आगलागीबाट अन्नपात, लताकपडासहित करिब रु एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस