जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम
काठमाडौं- सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम र भीडभाडका कारण स्वास्थ्य चुनौतीसमेत थपिएको छ ।
मङ्सिरदेखि नै सबै क्षेत्र खुल्न थालेपछि जोरबिजोर प्रणाली कायम गरी सवारी चलाउँदा भीड बढेर कोरोना फैलने खतरा बढेपछि सबै चल्न दिएको यातायात व्यवस्था विभागले जनाएको छ । सबै यातायात चल्न थालेपछि अनुगमनलाई पनि बढाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
सबै सञ्चालनमा आएपछि बिहान बेलुका कार्यालय जाने आउने समयमा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेको छ । राजधानीमा सडक विस्तार एवं निर्माण र मर्मतसम्भारका कामसमेत भइरहेकाले पनि सबै सवारी नौ महिनापछि सञ्चालनमा आउँदा कोरोना महामारी छैन कि जस्तो लाग्न थालेको यात्रु शुक्रबहादुर तामाङले बताए ।
सबै सवारी सञ्चालनमा आउन थालेपछि सीट क्षमताअनुसार मात्र यात्रु राख्न दिए स्वास्थ्य सुरक्षा कायम गर्न सकिने अधिकांश यात्रुको भनाइ छ । यसतर्फ विभागले ध्यान दिनुपर्ने यात्रु तामाङको माग छ । सार्वजनिक सवारीमा परिचालकले यात्रु कोच्ने गरेकाले कोरोनाबाट जोगिन मुस्किल हुने देखिएको यात्रु गीता सापकोटाको गुनासो छ
यात्रु ओर्लने बेलामा परिचालक ढोकामै बस्ने, परिचालकले मास्कसमेत नलगाउने, चालकले समेत ट्राफिकको नजिक पुगेपछि मात्र मास्क लगाउने जस्ता गतिविधि सार्वजनिक यातायातमा देखिन थालेको उनको भोगाइ छ । रासस
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस