• जीवनशैली | Jiwanshaili
  • आगो ताप्ने क्रममा जलेर मृत्यु


    कञ्चनपुर- पुनर्वास नगरपालिका–६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो ।

    थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुगेकी थिइन् । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउने व्यक्ति नहुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । रासस


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार