१५० बिघा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट
चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले १५० बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको छ । प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार राप्ती नगरपालिका– १२ को चात्राङ, नेत्राङ, धैराङ, पर्खाललगायतका स्थानमा लगाइएको गाँजा नष्ट गरिएको हो ।
कार्यालयबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा यही पुस ५ गतेदेखि गाँजा नष्टका लागि गएको टोलीले सो क्षेत्रमा लगाइएको गाँजा नष्ट गरेको हो । जिल्लाको खैरहनी, राप्ती र इच्छाकामना गाउँपालिकाको पहाडी क्षेत्रमा अवैधरुपमा गाँजा खेती गर्ने गरिन्छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले गाँजा ओसारपसार गरेको अभियोगमा साउनयता ३५ जनलााई पक्राउ गरी कारवाही गरेको छ । यसअन्तर्गत १९ मुद्दा दर्ता भएको छ । ती व्यक्तिबाट बेचबिखनका लागि ल्याउँदै गरेको २०५ किलो १८२ ग्राम गाँजा बरामद गरेको थापाले जानकारी दिए । जिल्लाको विभिन्न स्थानमा लगाइएका गाँजा बिक्रीका लागि ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस