• जीवनशैली | Jiwanshaili
  • पुस १४ देखि खुल्दै सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम


    लामो समयदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुलाएको छ ।

    शुक्रबार यातायात व्यवस्था कार्यालयले विज्ञप्ती जारी गर्दै सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुलाएको हो ।
    कोरोना महामारी सुरू भएपछि विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा स्थगित गरेको थियो ।

    अब चारपाङ्ग्रे र दुईपाङ्ग्रे दुवै प्रकारका सवारी साधनको परीक्षा खुल्ने भएको हो । यसअन्तर्गत सातै प्रदेशमा एकैपटक अनलाइन र प्रयोगात्मक परीक्षा (ट्रायल) खुलाइनेछ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार