‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’
काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक समाजका अगुवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित उनीहरूले आज प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारी अंकित तस्बिरलाई मुकुण्डोका रूपमा प्रयोग गरेका थिए। तस्बिरको तल केपीवादलाई रोकौं लेखिएको थियो।
‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संविधानमाथि प्रहार, इतिहासकै ठूलो अत्याचार’, जस्ता नारासकितका प्ले कार्ड प्रदर्शनकारीहरुले बोकेका थिए।

बृहत नागरिक आन्दोलनले आजदेखि पुस १८ गतेसम्म दिन बिराएर प्रदर्शन गरिने तय भएको छ।



क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस