क्षति पूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध
डोटी- स्याउले दिपायल जोड्ने डा केआइसिंह राजमार्ग अवरुद्ध गरिएको छ । बिहीबार राति डोटीको शिखर नगरपालिका–६ तल्कोटमा से १ त १००९ नम्बरको कारको ठक्करबाट आठ वर्षीय बालक गोरख बलायरको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले आज बिहानदेखि सो राजमार्ग बन्द गरेका छन् ।
राजमार्गअवरुद्ध गरिएका कारण यहाँका पहाडी जिल्लाबाट तराई जान हिँडेका तथा तराईबाट पहाडी जिल्ला आउने दर्जनौँ सवारीसाधन तथा सयौँ यात्रु शिखर नगरपालिका–६ तल्कोटमा अल्पत्र अवस्थामा परेका छन् । अवरुद्ध गरिएको राजमार्ग खुलाउनका लागि पीडित पक्षसँग पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, “मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्, राजमार्ग खोल्ने प्रयास भइरहेको छ ।” बालकलाई ठक्कर दिने कार चालक कैलाली धनगढी उपमहानगरपालिका–१ का ५६ वर्षीय माधव गिरीलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस