बहुपति प्रथाबाट आजित युवती गाउँ फर्कन मानेनन्, केटालाई विवाह गर्न समस्या
हुम्ला जिल्लाको हिमालपारिको गाउँ लिमीमा केटालाई विवाह गर्न कठिन हुन थालेको छ । जिल्लाबाट बाहिर विशेषगरी काठमाडौँ र भारतमा यहाँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन इच्छुक नभएपछि केटालाई विवाह गर्न समस्या पर्न थालेको हो । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका हल्जी गाउँका स्थानीय सोन्दोर्जी तामाङले लिमीमा केटालाई विवाह गर्न समस्या हुन थालेको बताए ।
उनले सानैमा जिल्लाबाहिर जाने तथा गुम्बामा ‘टोपेनी’ हुन जाने युवतीले गाउँमा आउन नमानेपछि केटालाई विवाहको समस्या हुन थालेको उल्लेख गरे । पहिले गाउँमा बहुपति प्रथाका कारण केटी अविवाहित बस्नुपर्ने अवस्था थियो । अहिले भने जिल्लाबाहिर गएका युवती गाउँ फर्कन नमानेका कारण युवालाई विवाहको समस्या पर्न थालेको स्थानीयवासीको भनाइ छ ।
लिमीमा प्रचलित ‘बहुपति र नेलु प्रथा’बाट आजित भएका युवतीहरू बुझेर नै यी प्रथाप्रति वितृष्णा व्यक्त गर्न थालेको स्थानीय राङ्डोल तामाङले बताए । यही समस्याबाट मुक्ति पाउन लिमी गाउँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन नमान्ने उनले जानकारी दिए । गाउँमा आए बहुपति प्रथा स्वीकार गर्नुपर्ने, यो नस्वीकारे नेलु स्वीकार गरेर बस्नुपर्ने अवस्था छ ।
दुवै प्रथा विकृति हुन् भन्ने बुझेका युवतीहरू गाउँमा आए समस्या हुने भएपछि गाउँ आउनै नमान्ने बिना तामाङले बताइन् । युवती गाउँमा नआएपछि केटालाई विवाह गर्न समस्या भइरहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । लिमीका १४७ घरधुरीमा एक हजार दुई सय जनसङ्ख्या रहेको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस