विपन्न परिवारलाई कम्बल
काठमाडौं- मानव अधिकार तथा शान्ति समाजले निजी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाका विपन्न परिवारलाई जाडोबाट बच्न कम्बल वितरण गरिएको छ । समाजको पर्सा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलगायतकोे सहयोगमा पुस १० गते वीरगञ्ज महानगरपालिकाको वडा नं ४, ५ र ७ का विपन्न दलित परिवारलाई २०० थान कम्बल वितरण गरेको केन्द्रीय महासचिव सुशील बस्नेतले जानकारी दिए । सहयोगी संस्थाको सहयोगमा अरु जिल्लाका विपन्नलाई पनि कम्बल वितरण गरिने पनि उनले बताए ।
यसैगरी समाजको सिराहा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलगायत संस्थाकै सहयोगमा सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–९ का विपन्न दलित परिवारलाई २०० थान कम्बल वितरण गरिएको छ । कार्यक्रमको संयोजन गरेका शान्ति समाज पर्सा शाखा सभापति अमरबहादुर गौतमले सेवामुखी उद्देश्य बोकेका संस्थाको तर्फबाट भविष्यमा पनि सहयोग कार्यक्रमलाई निरन्तरता दिने बताए ।
समाज कपिलवस्तु शाखासहितको आयोजनामा ७२औंँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा हालै जितपुर कपिलवस्तुमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्दराज पोखरेलले जीवनमुखी उद्देश्य बोकेको संस्थाले भविष्यमा पनि रक्तदानलगायत मानवीय कार्यलाई निरन्तरता दिने बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस