हात्तीको आक्रमणबाट मृत्यु
इनरुवा- सुनसरीको कोशी गाउँपालिका–४ मा पुनः हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । सोमबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परेर कोशी–५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताए ।
दैनिकरुपमा आरक्षबाट निस्किने जङ्गली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीयवासीले कटानमा चक्काजामसमेत गरेका छन् । केही दिन अगाडि पनि आरक्षबाट निस्केको हात्तीले कोशी गाउँपालिका–६ का प्रमोदकुमार यादवलाई आक्रमण गर्दा यादवको घटनास्थलमै मृत्यु भएको थियो । आरक्षमा रहेको माकुना हात्ती बौलाएको र त्यसलाई नियन्त्रण वा मार्नुपर्ने स्थानीयले मागसमेत गरेका छन् । माकुना हात्तीले अहिलेसम्ममा यो सहित १४ जनाको ज्यान लिइसकेको बताइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस