फरार व्यक्ति १२ वर्षपछि पक्राउ
काठमाडौं- प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार व्यक्तिलाई १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भ्याली कोल्ड स्टोर्स बालाजुका सञ्चालकसमेत रहेका बाबुराजा रावलको अपहरणमा संलग्न सर्लाहीका ३८ वर्षीय सोले÷कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई मङ्गलबार इलाममा पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले विसं २०६५ मा वुढाथोकीसहितको समूहले रावलसँग रु एक करोड ५० लाख फिरौती मागेर बन्धक बनाएकाले पक्राउ गरिएको जानकारी दिए । तत्कालीन समयमा रावललाई अपहरण गर्नेमा बुढाथोकीसहित बङ्गुरे भनिने विकास कार्की, सोल्टी भनिने टासी गुरुङ, विनोद कार्की, विकास गुरुङ, प्रल्हाद महत र विष्णु जिसी रहेका थिए । बन्धक बनाएर फरार रहेका बुढाथोकी भारतका विभिन्न स्थानमा लुक्दै आएका थिए । पक्राउ परेका बुढाथोकीलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको ब्यूरोले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस