प्रदेश १ मा २४० डिस्चार्ज
विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २४० जना डिस्चार्ज भएका छन् भने नयाँ २६ जना सङ्क्रमित थपिएका छन् । डिस्चार्ज हुने सबै होमआइसोलेसनमा रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार १८० पुगेको छ भने अहिलेसम्ममा सङ्क्रमित हुनेको सङ्ख्या २९ हजार ७५५ पुगेको छ । प्रदेशमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५७५ छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि उल्लेखनीय घटेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
थपिएका सङ्क्रमितमा मोरङ र सुनसरीमा छमध्ये विराटनगरमा दुई, झापा र धनकुटामा चारचार, खोटाङमा दुई, ताप्लेजुङमा एक र प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ । सो अवधिमा ३१७ सहित कूल दुई लाख आठ हजार ४७५ को पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस