भीरबाट लडेर मृत्यु
मान्म- कालिकोटको नरहरिनाथ गाउँपालिका–३ गोठीमा स्याउला लिन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर आज मृत्यु भएको छ । वडा नं ३ गोठीका जन बुढाकी ३६ वर्षीया गोरीकला बुढाको स्याउला लिन जङ्गल गएका बेला भीरबाट मृत्यु भएको हो ।
भीरबाट लडेर खोलाको पानीमा डुबेर मृत्यु भएको उनका जेठाजु वीरेन्द्रबहादुर बुढाले जानकारी दिए । बिहान स्याउला लिन जङ्गल गएकी भाइबुहारी फिर्ता नभएपछि भीरबाट लडेर खोलाको पानीमा डुबेको अवस्थामा भेटाएको उनले बताए । इलाका प्रहरी कार्यालय कुमालगाउँका अनुसार भीरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस