• जीवनशैली | Jiwanshaili
  • कोरोना सङ्क्रमितलाई हेलिकप्टरबाट उद्धार


    डोल्पा- हिमाली जिल्ला डोल्पाबाट दुई जना कोरोना सङ्क्रमित बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिकाका ६० वर्षीय एक वडाध्यक्ष र सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत ५४ वर्षीय शिक्षकको कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो । दुवै जना सङ्क्रमितको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।

    केही दिनअघि मात्र कोरोना रिपोर्ट पोजेटिभ आएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य भए पनि बिहीबारदेखि दुवै जनाको अवस्था थप जटिल बनेको प्रजिअ ढकालको भनाइ छ । जिल्लामा निषेधाज्ञा गर्ने, विद्यालय बन्द गर्नेलगायत विषयमा छलफल भइरहेको प्रशासनको भनाइ छ । उद्धारका लागि दुवै जनाले आफ्नो खर्चमा हेलिकप्टर चार्टर गरिएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार