जंगली बँदेलको आक्रमणबाट चार जना घाइते
जंगली बँदेलको आक्रमणबाट दाङमा चार जना घाइते भएका छन्।
लमही नगरपालिका वडा नं. २ का ८ वर्षीय बालक शिरिस गिरी, ३० वर्षीय मिठ्ठु चौधरी, ५० वर्षीया धनियाँ चौधरी र लमही वडा नं. १ की ४० वर्षीया हिरादेवी चौधरी जंगली बँदेलको आक्रमनबाट घाइते भएका छन्।
अधिकांश घाइतेहरूलाई खुट्टा र तिघ्रामा बँदेलले आक्रमण गरी गहिरो घाउ खत बनाएको छ।
घाइतेमध्ये शिरिस र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए।
पौडेलका अनुसार धनियाँ र हिरादेवी चौधरीको लमहीमै उपचार भइरहेको छ।
बुटवल रिफर गरिएका शिरिस र मिठ्ठुलाई भने ढाड, छाती लगाए शरीरका विभिन्न भागमा घाउ चोट लागेको छ।
प्रहरी निरीक्षक पौडेलले वन खुलेपछि सुकेका दाउरा र माघीको तयारीका लागि मालुका पात लिन भनेर लमही १ स्थित सिङ्गेखोला सामुदायिक वनमा गएको समयमा जंगली बँदेलले आक्रमण गरेर घाइते बनाएको जानकारी दिए।
‘बँदेलले बच्चा जन्माएको रहेछ,’ पौडेलले भने, ‘बँदेलले आफ्ना बच्चा लिन आए भन्ने ठानेर आक्रमण गरेको भन्ने छ।’
शनिबार माघी पर्वको तयारीका लागि भन्दै लामो समयको अन्तरालपछि वन खोलिएको प्रहरीले बताएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस