मानव सेवा आश्रमद्वारा पाँच पुरुषको उद्धार
तनहुँ- मानव सेवा आश्रम कास्कीले तनहुँबाट पाँच पुरुषको उद्धार गरेको छ । लामो समयदेखि मागेर खाने र प्रहरी कार्यालय नजिकै रहेको साँघेचोकस्थित प्रतिक्षालयमा बसोबास गर्दै आएका उनीहरुलाई उद्धार गरी लगिएको हो ।
उक्त संस्थामा आबद्ध नोमा थापाको सहयोगमा डम्बर सापकोटा, उमेश कार्की, खेमबहादुर परियार, एक वृद्ध र एक बालकलाई उद्धार गरी लगिएको मानव सेवा आश्रम कास्कीका जिल्ला संयोजक राजन सापकोटाले जानकारी दिए ।
विसं ०६९ मा हेटौंडाबाट शुरु गरेको उक्त सामाजिक संस्थाले अहिले देशका १५ जिल्लामा कार्यालय स्थापना गरी काम गर्दै आएको छ । कास्कीमा तीन वर्षअघिदेखि काम गर्दै आएको र हाल १२० जना रहेको उनले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस