सडकबाट ३५० बेसहाराको उद्धार
मुलुकलाई नै बेसहारा सडक मानवमुक्त बनाउने उद्देश्य बोकेर मेची¬ महाकाली उद्धार अभियानमा लागेको मावनसेवा आश्रमले पछिल्ला १० दिनमा झण्डै ३५० बेसहाराको सडकबाट उद्धार गरेको छ ।
आश्रमका अध्यक्ष रामजी अधिकारीले यही पुस ९ गतेबाट शुरु भएको एक महिने मेची महाकाली सडक उद्धार अभियानका क्रममा आजसम्म यसरी उनीहरुलाई उद्धार गरी संरक्षण दिएको जानकारी दिनुभयो । उहाँका अनसार प्रदेश नं १ बाट २५४ र प्रदेश नं २ बाट ८१ सहयोगापेक्षीको उद्धार गरिएको तथा बाँकी वाग्मती र गण्डकी प्रदेशका केही जिल्लाबाट उद्धार भएका छन् । अहिले पनि गण्डकी प्रदेशमा उद्धारको अभियान जारी छ । उहाँका अनुसार यहाँका विभिन्न स्थानीय तहसँगको समन्वयमा उद्धार अभियान चलाइएको छ ।
सरकारले विसं २०७८ भित्र मुलुकलाई बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरिसकेको छ । उक्त सरकारी सङ्कल्प पूरा गर्ने आधार तयार पार्न मानवसेवा आश्रमले अहिले राष्ट्रिय उद्धार अभियान लिएर मेची महाकाली सडक यात्रा गरेको आश्रमले जनाएको छ ।
कोही पनि भोको नाङ्गो भएर र एक छाक खान नपाएर, माग्न पनि नसक्ने अवस्थामा सडकमा बसिरहेका व्यक्तिको संरक्षण गर्ने योजनाका साथ विसं २०६९ मा उक्त आश्रम स्थापना भएको थियो । सोही अभियानलाई साकार पार्न पछिल्लो समयमा नेपाल सरकारसँग सहकार्य भएको छ । टोलीले सातै प्रदेशका विभिन्न जिल्लामा पुगेर सडकमा रहेका असहायहरुको उद्धार गर्ने जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस