सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, एक घाइते
s/]G6 nfu]sf dhb'/sf] p4f/ ul/Fb}
sf7df8f}F, @! k'; M eQmk'/ gu/kflnsf–! ;Nnf3f/L Jof;L ;8s v08cGtu{t Otfkfs]df ;8sjQL h8fg ug{ vDafdf r9]sf dhb'/nfO{ s/]G6 nflu a]xf]; ePsf] cj:yfdf p4f/ ub}{ :yfgLo . t:jL/ M /Tg >]i7, /f;;
भक्तपुरमा सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भक्तपुर नगरपालिका २ ब्यासी इतापामा सडक बत्ती मर्मत गर्न खटिएका सोही ठाउँ बस्ने दोलखा मेलुङ गाउँपालिका ५ घर भएका २३ वर्षीय राजकुमार बुढाथोकीको करेन्ट लागेर मंगलवार दिउँसो मृत्यु भएको हो ।
भक्तपूर नगरपालिकाको तर्फबाट सडकबत्ती निर्माण कार्यमा खटिएका बुढाथोकी बिजुलीको पोलमा चढी मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसतै, करेन्ट लागेर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका ११ घर भई हाल काठमाडौं बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको सोही अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस