• जीवनशैली | Jiwanshaili
  • काठमाडौंको उच्च वायु प्रदूषणबाट कसरी बच्ने ?


    वातावरण विभागले मौसममा आएको बदलावसँगै काठमाडौं उत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको जनाएको छ । केहीदिन अघि नेपालको पश्चिमी भू–भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभाव काठमाडौंमा सोमबारदेखि उच्च देखिएको छ । सोमबार विहान काठमाडौंका केही भू–भागमा हल्का वर्षा भएको थियो । तर दिनभर आकाश भने खुल्न सकेन ।

    सोमबारको जस्तै आज (मंगलबार) पनि बिहानैदेखि काठमाडौं उपत्यकामा घाम देखिएन । विहानैदेखि चारैतिर हुस्सु लागे जस्तो काठमाडौं धुम्म भएपछि अन्धकारमय भयो । यसरी हुस्सु लागेर घाम नलागे पनि दुई दिनसम्म काठमाडौंको न्यूनतम तापक्रम भने घटेको छैन । झनै पहिलाभन्दा बढेको छ । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।

    विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वास र मुटुका विरामीलाई सकेसम्म घर बाहिर ननिस्किन भनेको छ । विहान र बेलुकाको समयम प्रदूषणा अझ धेरै भएको विभागको भनाइ छ ।

    काठमाडौं उपत्यका बाहेक तराई क्षेत्रका शहरहरु नेपालगंज, विराटनगरमा पनि वायु प्रदूषणको मात्र उच्च भएको विभागले जनाएको छ । विभागले त्यस क्षेत्रका नागरिकलाई पनि विशेष सावधानी अपनाउन भनेको छ । फोहोर फाल्दा र आगो बाल्दासमेत प्रदूषण बढ्ने हुँदा त्यसो नगर्न भनेको छ ।

    स्वीटजरल्याण्डमा मुख्यालय रहेको एक्युएअरले सोमबार ७ः४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ । त्यसैले केही दिन यता काठमाडौंमा यात्रा गर्नेहरु आँखा पोल्ने लगायतका समस्या झेलिरहेका छन् ।

    वातावरण विभागले विभागले आज एक विज्ञप्ति जारी गर्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका समस्या भएका व्यक्तिहरुलाई प्रदूषणले बढी प्रभावित पार्ने भएकाले घर बाहिर ननिस्कन र बाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध समेत गरेको छ ।

    वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा देखिने समस्याहरु:

    श्वासप्रश्वास सम्बन्धी संक्रमण
    रुघाखोकी ।
    निमोनिया, घाँटीको क्यान्सर, एलर्जी आदि हुन् ।
    वायु प्रदूषणले मानव स्वास्थ्यमा मात्रै समस्या निम्याउँदैन यसले दैनिक जीवनयापनसँग जोडिएका अन्य विषयमा पनि उत्तिकै जोखिम निम्त्याइरहेको हुन्छ ।

    वायु प्रदूषण बढ्दै गएमा हवाइ यात्रामा समस्या हुनसक्छ । बाक्लो धुँवाका कारण सवारी दुर्घटना बढ्ने अवस्था समेत सिर्जना हुनसक्छ । त्यस्तै, वायु प्रदूषणले हरितगृहमा असर गरी पृथ्वीको तापक्रम बढ्ने र वातावरणमा परिवर्तन भइ कृषि उत्पादनमा ह्रास आउने हुनसक्छ ।

    वायु प्रदूषणबाट बच्ने उपाय:

    सकेसम्म घरबाहिर ननिस्कने, निस्कनै परेमा गुणस्तरीय मास्क लगाउने ।

    छिन छिनमा हात र मुख सफा पानीले धुने ।

    धेरै भिडभाड र प्रदुषयुक्त क्षेत्रमा नजाने ।

    व्यवस्थित सहरीकरणको विकास गर्ने ।

    मानव बस्ती वरीपरी प्लाष्टिक तथा धुँवाजन्य पदार्थहरु नजलाउने ।

    पूराना सवारी साधन हटाउने र नयाँ सवारी साधनको चेकजाँच गरी अनुमति प्राप्त सवारी साधनमात्र सञ्चालनमा ल्याउने ।

    वनजंगल फडानी नगर्ने, वृक्षरोपण गर्ने कार्यमा प्रोत्साहन गर्ने ।

    उद्योगधन्दा, कलकारखानालाई मानव बस्तीबाट टाढा राख्ने ।

    सडकको गल्ली, खोलानाला, नदी, ताल, आदिमा फोहोरमैला फाल्न प्रतिबन्ध गर्ने ।

    ढल निकासको उचित व्यवस्था गर्ने ।

    इन्धनको रुपमा प्रयोग गरिदैँ आएको दाउरा, कोइलाको सट्टा, गोबर ग्याँस, विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिनुपर्छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार