घुस लिएको आरोपमा सवइञ्जिनीयर पक्राउ
तनहुँ- जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सवइञ्जिनीयर सुरेन्द्र अधिकारी एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सवइञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आज पक्राउ गरेको हो ।
जिल्लाको भानु नगरपालिका–५ मैवलस्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालयको अनुगमन गरेबापत उक्त रकम घुस लिएको बताइएको छ । पटकपटक उक्त रकम माग गरेर सताउन थालेपछि रकम लिँदै गरेको अवस्थामा पोखराका प्रहरी नायब उपरीक्षक दीपेन्द्र बञ्जीयार थारुको नेतृत्वमा आएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।
उक्त विद्यालयमा रु १४ लाख ६९ हजारको लागतमा शौचालय निर्माण गरिएको थियो । घुस लिँदै गरेको अवस्थामा सोही होटलमा बसेर मुचुल्का उठाएर कानूनी प्रक्रियाको लागि अघि बढाइएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस