प्रहरीलाई घाइते बनाएर फरार रहेका मोटरसाइकल चालक थुनामा
सप्तरी- कार्यक्षेत्रमा खटिरहेका अवस्थामा प्रहरीलाई घाइते बनाएर फरार रहेका मोटरसाइकल चालक आज पुर्पक्षका लागि थुनामा परेका छन् । सवारी अङ्गभङ्ग मुद्दामा सिरहाको लहान नगरपालिका–१८ का ३४ वर्षीय डम्बरनारायण चौधरीलाई सप्तरी जिल्ला अदालतको आदेशमा राजविराज कारागारमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।
स७प २५८० नंको मोटरसाइकल चलाएका चौधरीले गत मङ्सिर २१ गते सवारी साधन जाँच गरिरहेका प्रहरी सहायक निरीक्षक हिमबहादुर खतिवडालाई ठक्कर दिएर घाइते बनाएका थिए । सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित पूर्वपश्चिम रागमार्गमा रहेको ट्राफिक प्रहरी पोष्ट कदमाहा कार्यरत खतिवडाले सवारी साधन जाँच गरिरहेका बेला मोटरसाइकलले ठक्कर दिँदै चौधरी फरार भएका थिए ।
फरार उनलाई पक्राउ गरी सवारी अङ्गभङ्ग मुद्दा चलाइएको छ । दुर्घटनामा घाइते प्रसनि खतिवडाको खुट्टा भाँचिएको थियो । घाइतेको स्वास्थ्योपचार भएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस