• जीवनशैली | Jiwanshaili
  • भेरी नदीमा बस खस्यो: एककाे मृत्यु, दुईजना घाइते


    सुर्खेत- गुर्भाकोट ९ बोटेचौर बजार गरालेगौरा नजिक भेरी नदीमा यात्रुबाहक बस खसेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार सुर्खेतको बोटेचौरबाट सल्लीबजारतर्फ जाँदै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले बजारनजिकै बस भेरी नदीमा खसेको हो।

    प्राप्त जानकारी अनुसार बसमा ३ जना मात्र सवार थिए। जसमध्ये १ जनाको मृत्यु , दुईजना घाइते भएका छन् ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार