हरिवन मालपोत कार्यालयका दुई कर्मचारी अख्तियारको फन्दामा
सर्लाही- हरिवन नगरपालिका–११ मा रहेको मालपोत कार्यालयबाट दुई कर्माचारी घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालयका एक नायब सुब्बा र एक लेखापढी व्यवसायी घुस रकमसहित बिहीबार पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय हरिवनका नायबसुब्बा बेदनिधि बराल र कार्यालय परिसरमा बसेर लेखापढीको काम गर्ने हरिवन नगरपालिका–२ का रामसुन्दर महतोलाई रु ११ हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीबाट जग्गाधनी प्रमाणपुर्जामा नाम संशोधनका लागि घुस लिएको पाइएको अख्तियारको कार्यालयले जनाएको छ । दुवै जनालाई थप अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय बर्दिवास लगिएको छ ।
सर्लाहीबाट मङ्सिर २४ गते नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रका प्राविधिक मनोजकुमार पाण्डे रु आठ हजार घुस रकमसहित र असार ९ गते हरिपुर नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह रु चार हजार घुस रकमसहित पक्राउ परेका थिए । जिल्लामा मालपोत, नापी, घरेलु तथा साना उद्योग, विद्युत् र स्थानीय निकायमा घुस नदिएसम्म सेवा लिन गाह्रो पर्ने गरेको गुनासो सेवाग्राहीले गर्दै आएका छन् । गुनासो र उजुरीअनुसार यी कार्यालयबाट पटक–पटक कर्मचारी सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ परिरहेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस