तीन किलो चरेशसहित दुई पक्राउ
काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसबाट तीन किलो अवैध लागुऔषध चरेशसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–४ गाईघाटका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका–७ का २४ वर्षीय कुमार विक रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
मित्रनगरस्थित एक होटलमा लागुऔषधको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरीले उनीहरू बसेको कोठा तलासी गर्दा कालो झोलाभित्र लुकाई राखेको अवस्थामा चरेश फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।
यसैबीच ललितपुर महानगरपालिका–२ सानेपास्थित सडकबाट नियन्त्रित लागुऔषध १४१ एम्पुल डाईजेपाम, १४१ एम्पुल बुप्रेनोर्फिन र १४१ एम्पुल फेनारगनसहित सप्तरी खडक नगरपालिकाका ४५ वर्षीय रामचन्द्र मण्डललाई पनि पक्रउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई फक्राउ गरी लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस