• जीवनशैली | Jiwanshaili
  • टोखाको हाउजिङमा बस्दै आएका दम्पतीको रहस्यमय मृत्यु


    काठमाडौंको टोखास्थित हाउजिङमा बस्दै आएका एक दम्पतीको रहस्यमय मृत्यु भएको छ । सुर्खेत घर भएका उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी रहस्यमय ढंगले मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    कोठाभित्रै श्रीमान लडिरहेको र श्रीमती झुण्डिएको अवस्थामा मृत भेटिएका महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।

    उमेशको शव नजिकै रगत लागेको सिलौटो फेला परेको र कानबाट रगत बगेकोले पनि श्रीमानको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ। यद्यपी घटनाबारेमा थप अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिए।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार