दोलखामा पिपिआरले १५ दिनमा ६१ बाख्रा मरे
दोलखाको मेलुङ गाउँपालिका–१ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् ।
मर्न थालेपछि बाख्राको रगत परीक्षण गराउँदा पिपिआर (पेष्ट डे पेटी र्युमिनाँ) फैलिएको रिपोर्ट आएको गाउँपालिकाका पशुपक्षी विकास शाखाका प्रमुख राष्ट्रकुमार श्रेष्ठले जानकारी दिए । बाख्रामा अज्ञात रोग देखा परेको र धमाधम मरेपछि बाख्राको स्वाब सङ्कलन गरी परीक्षणका लागि यही पुस १८ गते काठमाडौँ पठाइएकामा बाख्रामा ‘गोट प्लेग’ लागेको पुष्टि भएको उनले बताए ।
देउराली बस्तीमा १४ घरधुरी रहेकामा १२६ बाख्रा रहेकामध्ये ९५ बाख्रामा पिपिआर रोग देखा परिसकेको वडा नं १ का वडाध्यक्ष ईश्वर कोइरालाले बताए । बिरामी रहेका अन्य बाख्रा गाउँपालिकासँगको सहकार्यमा पिपिआरविरुद्धको उपचार भइरहेको वडाध्यक्ष कोइरालाले बताए ।
पिपिआर सरुवा रहेकाले गाउँको एक बाख्रामा देखा पर्नासाथ रोग पहिचान गरी नियन्त्रण गर्न नसक्दा गाउँभरीका बाख्रामा देखा परेको हुनसक्ने अनुमान गरिएको छ । बाख्रामा पिपिआर देखा परिसकेपछि रोकथामका लागि औषधोपचार गरे पनि बाँच्ने सम्भावना अत्यन्त कम हुने पशुपक्षी विकास शाखाका प्रमुख श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस