६ वडाको जिम्मेवारी एक सचिवलाई
खलङ्गा- जुम्लाकको सिञ्जा गाउँपालिकामा कर्मचारी अभावका कारण एकै जना कर्मचारीलाई ६ वटा वडा कार्यालयको प्रशासनिक जिम्मेवारी हेर्नु परेको छ ।
गत पुस १५ गतेदेखि सबै वडाको काम एकजना सचिव दलबहादुर रोकायाले गरिरहेका छन् । एकजना कर्मचारीको भरमा ६ वटा वडा सञ्चालन गर्नुपर्दा निकै कठिन भइरहेको वडा सचिव रोकायाले बताए । कर्मचारी अभावका कारण वडा कार्यालयमा हुने काममा समस्या हुने गरेको सो वडाका स्थानीयवासी बताउँछन् ।
वडा कार्यालयमा केही काम गर्नु परे सचिव खोज्दै जानुपर्ने अवस्था रहेको स्थानीयवासी रत्नवीर बुढाले बताए । वडामा रहेका अन्य सहायक कर्मचारीको सहयोगमा सिफारिस, बसाइँसराई जस्ता कागजपत्र मिलाएर सचिवलाई दस्तखत गर्ने गरिएको वडाअध्यक्ष रणबहादुर रोकायाले बताए ।
गाउँपालिकामै कर्मचारी अभाव भएकाले वडादेखि पालिकाको प्रशासनिक काममा पनि समस्या भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावतले बताए । उनले भने, “कर्मचारी अभावले सेवाप्रवाहमा यहाँका स्थानीयवासीलाई असर परेको छ ।” कर्मचारी नहुँदा वडा कार्यालयका कामकाज चलाउन पनि निकै कठिन भइरहेको गाउँपालिका अध्यक्ष रावलले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस