• जीवनशैली | Jiwanshaili
  • लण्डनमा एक नेपालीको हत्या


    लण्डनस्थित इष्टकोट ट्रेन स्टेशनमा एक नेपालीको हत्या भएको छ। काठमाडौं जोरपाटी घरभै हाल नर्थोल्डमा बसोबास गर्दै आएका ३५ वर्षीय बिक्रम केसीको हत्या भएको हो।

    इष्टस्कोट अन्डरग्राउन्ड स्टेशनमा आइतवार राति १० बजेर ३० मिनेटतिर भएको दुई पक्ष बीचको भिडन्त हुँदा उनको ज्यान गएको हुन सक्ने प्रहरीलाई उदृत गर्दै गैरआवासीय नेपाली संघले जनाएको छ।

    प्रहरीका अनुसार पश्चिम लन्डनको फिल्ड एण्ड रोडको कार्पेट वर्ल्ड बाहिर उनी माथि अज्ञात समूहले आक्रमण गरेको थियो।

    स्थानीय एक रेष्टुरेन्टमा सेफको रुपमा कार्यरत केसी लण्डनमा श्रीमतीसंग बस्दै आएका थिए। घटनाको सम्बन्धमा २१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार