• जीवनशैली | Jiwanshaili
  • रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच, झडप, ९ राउन्ड हवाई फायर


    रुकुम पश्चिममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा सोमबार बेलुकीदेखि दुई दलका कार्यकर्ताबीच झडप भइरहेको हो।

    पटकपटक झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर र १ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीको टोली आठबीसकोट पुगिरहेको छ।

    जिल्ला प्रहरीका अनुसार अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको छ। आफ्ना कार्यकर्तालाई कांग्रेसले आफ्नो पार्टीमा प्रवेश गराएको विषयलाई लिएर योजनाबद्ध तरिकाले हातहतियारसहित झडपमा उत्रिएको कांग्रेस जिल्ला उपसभापति धिरेन्द्र बटालाले जानकारी दिए। बटालाका अनुसार छलफलका लागि इलाका प्रहरी कार्यालयमा उपस्थित भएका वडाध्यक्षसहित ४ जनालाई खुकुरी प्रहार गरेको उनले बताए।

    प्रहरीले दुई वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ। अहिले सो क्षेत्रमा थप सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार