चिठ्ठामा रकम परेको भन्दै लाखौं ठगी गर्ने पक्राउ
अनलाइनबाट चिठ्ठा परेको बहाना बनाई लाखौँ रकम ठगी गर्ने एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरी महानगरीय अपराध महाशाखा मीनभवन काठमाडौँ पठाएको छ । अर्जुनधारा नगरपालिका–९ का २९ वर्षीय पङ्कज पौडेली (विश्वकर्मा) रु १४ लाख नगद रकमसहित विर्तामोडबाट पक्राउ परेका हुन् ।
उनले चिठ्ठामा परेका सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्ने भन्दै विभिन्न व्यक्तिसँग बैंकको खाता नम्बर दिई पैसा असुल्दै ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । महानगरीय अपराध महाशाखामा चिठ्ठामा सामान तथा पैसा परेको भनी विभिन्न व्यक्तिलाई विकले बैंक खाताबाट रकम ठगी गरेको भनी परेको जाहेरीका आधारमा प्रहरीले विर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट आज पक्राउ गरेको हो ।
पक्राउ परेका उनको साथबाट रु तीन लाख ५६ हजार ७१०, निजको घरको कोठाको दराजभित्रबाट रु दुई लाख आठ हजार २०० र उनकै घर पछाडिको गाईग्वाली छेउमा गोबरको थुप्रोभित्रबाट लेडिज ब्यागमा लुकाएर राखेको नगद रु आठ लाख ३० हजार ३०० गरी रु १३ लाख ९५ हजार २१५ र विभिन्न कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।
उहाँले थप अनुसन्धानका लागि आजै उनलाई महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस