१८ महिला सम्मानित
नेपाल खगोल विज्ञान समाज (नासो) ले मुलुकका १८ महिलालाई सम्मान गरेको छ । विज्ञानमा महिला पहुँचको अन्तरराष्ट्रिय दिवसको अवसर परी आज ‘विज्ञानमा महिला पुरस्कार २०२०’ बाट विज्ञान, प्रविधि, इञ्जिनीयरिङ र गणित आदि विषयमा काम गरिरहेका महिलाको योगदानलाई कदर गरी सम्मान गरियो ।
नर्सिङ क्षेत्रमा योगदान गरेवापत आकृति काफ्ले बरालले सम्मानका साथै रु २५ हजार प्राप्त गरिन् । शिक्षातर्फबाट रोजीना शाक्यले रु १५ हजारसहित सम्मान ग्रहण गरिन् । बाँकी १६ महिलालाई सम्मानसाथै उपहार प्रदान गरियो । अध्यक्ष सुरेश भट्टराईले भने, “पुरस्कार लिन ५० भन्दा बढी महिलाले निवेदन दिएका थिए । यी क्षेत्रका महिलाको योगदान, उपलब्धीलाई मूल्याङ्कन अनि कदर गर्न सम्मान गरिएको हो ।”
परियोजना संयोजक मनिषा द्वाले यस क्षेत्रमा काम गर्ने महिलाको तथ्याङ्क मुलुकमा पाउन नसकेपछि सो पुरस्कारको आयोजना गरी काममा हौसला बढाएको बताए । नासोले देशका साथै विदेशमा रहेका महिलाका कामलाई बिचार गरी विगत चार वर्षदेखि सो पुरस्कार वितरण गर्न थालेको हो । नासो स्थापना हुनुको मुख्य उद्देश्य देशभित्र वैज्ञानिक समुदाय निर्माण गर्नााका साथै खगोल विज्ञान उत्साहीका लागि केही गर्ने अवसर प्रदान गर्नु हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस