आरआर क्याम्पसमा प्रचण्ड-नेपाल र ओली समूहबीच झडपः तीन जना घाइते
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थीबीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप हुँदा तीन जना घाइते भएका छन्। ओली समूह र प्रचण्ड–नेपाल समूहबीच सरस्वती पूजाको विषयलाई लिएर विवाद भएपछि प्रचण्ड–नेपाल समूह समर्थक तीन जना विद्यार्थी घाइते भएका हुन्।
आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का एक जना पूर्व अध्यक्षकाअनुसार प्रचण्ड–नेपाल समूह समर्थक दीलिप खड्का, विशाल रिजाल र दिपक बस्नेत घाइते भएका छन्। अहिले उनीहरुको उपचार भइरहेको छ।
प्रचण्ड–नेपाल पक्षका विद्यार्थीहरुले कुटपिटमा संलग्नलाई कारबाहीको मागसहित प्रहरीमा उजुरी दिएका छन्।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस